आमा

४ वर्ष अगाडि वाटिका admin

आमा ∕ तिमी जन्म दिने मलाई
आमा ∕ तिमी प्राण दिने मलाई
आमा ∕ तिमी बाटो, म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो ।
आमा ∕ छ तिम्रो महिमा अपार
सिद्धिन्न गए पनि बारबार
हर्दम बहाइकन प्रेमधारा
दिन्छौ मलाई कविको सहारा ।
आमा ∕ मेरो बोलाईको पहिलो शब्द तिमी
मेरो विद्याको पहिलो शिक्षक हो तिमी
मेरो सफलताको पहिलो खुसी हो तिमी
प्रकृतिको पहिलो बरदान हो तिमी
रुप नाम अनेक तिम्रो तर अर्थ एउटै
चौतर्फ
माता, ममी, मैरी, माँ भनु या अंम्मा
मेरो लागि तिम्रो सबै रुप एकै हो
आमा ∕
संसारमा जति पनि सम्बन्ध र नाता
त्यसमा आमाको नाता धेरै
प्रेमपूर्ण धनिष्ठ हुन्छ ।

युजिना घजु
कक्षा ७
विनायक शिक्षा निकेतन

+ posts