एसइईपछि विषय छनोट गर्दा विद्यार्थीहरुमा अन्यौलता, यसवेला विद्यार्थीको मनोविज्ञानमा असर पर्न सक्ने

काठमाडौं,३० साउन ।
एसइई दिएका युवाहरूको सोचाइ उमेरका हिसाबले अपरिपक्क मानिने भएकोले एसइईपछि कुन विषय छनोट गर्ने वा कुन विषय पढ्दा के हुन्छ भन्नेबारे अभिभावक वा विद्यालयको परामर्शको खाँचो रहेको देखिएको छ । तर, पढाइको कुरामा चाहिँ सकेसम्म विद्यार्थी स्वयंको रोजाइ हुनुपर्ने मान्यता पनि रहेको छ ।
करिअरको ढोका +१२ को पढाइले नै तय गर्ने भएकोले +१२ को पढाइ सुरु गर्नुअघि आफूलाई चित्त बुझेको र आफूले सक्ने विषय मात्रै विद्यार्थीले रोज्नुपर्छ । त्यसैले आफूले विषय छनोट गर्दा कम्तीमा आफ्नो क्षमता र सक्ने विषय रोज्नुपर्छ । साथीको लहैलहैमा वा अरू कसैले भन्यो भन्दैमा त्यही विषय पढ्नुपर्छ भन्ने गर्नु हुदैन । सरकारले अहिले +१२ लाई स्कुल तहकै पढाइ ठानेको छ । तर, अधिकांश अभिभावक र विद्यालयमा पुरानै तरिकाबाट अध्ययन गराउने परम्परा बाँकी छ । +१२ को पढाइकै आधारमा उच्च शिक्षामा विषय रोज्न पाइने भएकाले विद्यार्थीले एसइईपछि विषय छनोट गर्दा ध्यान दिनुपदर्छ । विद्यार्थीमा उब्जिएका चिन्ता, प्रश्न र जिज्ञासामा अभिभावक र विद्यालयले भरोसा दिलाउनुपर्छ । उनीहरूको मन नभाँडिने गरी र उनीहरूलाई भोलि पछुतो नपर्ने गरी पढाइको मार्ग देखाउनु आवश्यक छ । त्यस्तै बालबालिकाको रुचि अनुसार अभिभावक र विद्यालयले पनि चासो दिनुपर्छ र उनीहरूमा भएको अन्योल मेटायन सहयोग गरिदिनुपर्छ ।

Website | + posts