कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक तयार

काठमाडौं,१९ मंसिर ।
कक्षा ५, ८ र १० का सबै पाठ्यपुस्तक तयार गरिएको छ । आगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ । सो कक्षाका पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ । पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पिआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ ।
कतिपय कक्षाका कतिपय विषयका पाठ्यपुस्तक अहिले पनि अभावको स्थिति छ । जनक शिक्षालाई स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको मतपत्र छाप्न व्यस्त बनाइदिएपछि उसले स्कुले पाठ्यपुस्तक छाप्न नसकेको हो । समयमा पाठ्यपुस्तक छाप्न नसकेर विद्यार्थीको हातमा नपुग्ने रोग नयाँ होइन ।
पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ढुङ्गानाले यसबीचमा केही जिल्लाको अनुगमनमा गएको र शिक्षकहरूले पाठ्यक्रमले समयमा पिआरसी उपलब्ध नगराएकाले जनक शिक्षाले समयमा छाप्न नसकेको गलत हल्ला फिजाइएको आफूले पाएको सुनाए । “हामीले सधैँ समयमा नै पिआरसी जनक शिक्षालाई उपलब्ध गराउँदै आएका छौँ ।

Website | + posts