किन इडन गार्डेन स्कुल रोज्ने ?

३ वर्ष अगाडि हाम्रो विद्यालय admin

शिक्षिका: मुन्द्रिका यादव
मन्टेश्वरी शिक्षा प्ले वे रुपमा खेलाउदैँ पढाउने लेखाउने, सिकाउने कुरामा जोड दिने शिक्षा हो । मन्टेश्वरीमा सैद्धान्तिक पक्षलाई भन्दा पनि प्रयोगात्मक पक्षलाई विशेष प्राथमिकता दिइन्छ त्यसकारण मन्टेश्वरी शिक्षा आवश्यक शिक्षा प्रणाली हो । बालबालिकालाई विद्यालय भर्ना हुनासाथ सिधैँ अध्यापनमा लैजादा उनिहरुलाई बुझ्नमा कठिनाई रहन्छ ।

हामीले बालबालिकाको मनोविज्ञानलाई बुझेर मन्टेश्वरी शिक्षाको व्यवस्था गरेका छौ । आगामी वर्षदेखि हामीले हाम्रा कमि कमजोरीलाई हटाउदै पूर्ण रुपमा मन्टेश्वरी विधिमा अध्यापनलाई लैजाने तयारी गरेका छौ । हाम्रो विद्यालयमा हाम्रा बालबालिकालाई बालमैत्री, स्वच्छ र सुरक्षित रहने कुरामाथि विशेष प्राथमिकता दिदै आएका छौ ।

+ posts