किन नवरत्न इ.बो.सेकेण्डरी स्कुल रोज्ने ?

३ वर्ष अगाडि हाम्रो विद्यालय admin

प्रिन्सिपल : सुरेन्द्र श्रेष्ठ
नवरत्न इ.बो.सेकेण्डरी स्कुल

मन्टेश्वरी स्कुलको विकास इटालिको मारिया मन्टेश्वरीबाट भएको हो । नेपालमा मन्टेश्वरी लागू गर्ने स्कुल छैन्न । मारिया मन्टेश्वरीको नाममा अरुले बिजनेश गदै आइरहेका छन् भन्न रुचाउछु जसलाई हामी प्ले वे विधि भन्छौ । अहिले विद्यालयहरुले पूर्ण रुपमा मन्टेश्वरी लागू गर्न नसकेतापनि केहि केहि त्यस्तै पद्धति लागू गदै घोकन्ते शिक्षालाई थाती राखेर, बच्चाहरुलाई उनिहरुको तह अनुृसार बालमैत्री रुपमा प्ले वे विधिबाट खुसी बनाउदै शिक्षा दिने गरेको पाइन्छ । जसरी हामीलाई पिट्दै तर्साउदै पढाइयो अहिले त्यसरी जान मिल्दैन त्यसकारण प्ले वे विधिको शिक्षालाई सबै भन्दा बढी रुचाइको र सफल पनि मानिदै आएको छ । त्यसकारण मन्टेश्वरी आवश्यक छ जस्तो लाग्छ ।

यही स्कुलमा मन्टेश्वरी रोज्नुपर्छ भन्ने लाग्दैन तर मलाई लाग्छ भने भक्तपुरका लगभग सबै स्कुलले एकदमै राम्रो गदै आइरहेका छन् । सबै स्कुलले जस्तै हामीले पनि केहि नयाँ दिने कोशिस पक्कै पनि गरेका छौ । हाम्रो विद्यालयको मुख्य उद्देश्य बच्चाहरु रमाउदै, नयाँ कुराहरु सिक्नको लागि उत्सुक रहुन भन्ने हो । जे होस् खुसी बिनाएर पढाउने हाम्रो विद्यालयमा वातावरण रहेको छ ।

+ posts