ग्ल्याडस्टोन एकेडेमीले आगलागी पीडित खत्रीलाई रु. एक लाख एक सय रुपैयाँ हस्तान्तरण

भक्तपुुर । मध्यपुरथिमि मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमीले आगलागी पीडित आत्मराम खत्रीलाई रु. एक लाख एक सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । आगालागी पीडित खत्रीलाई सहयोग स्वरुप विद्यालयले प्रदान गरेको उक्त रकम मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले हस्तान्तरण गर्नु भएको हो ।

विद्यालयमा आयोजना गरेको कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले जानकारी दिनुभयो । विद्यालयले बिभिन्न समयमा गर्दै सामाजिक दायित्व बहन अन्तर्गत सहयोग प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष विनोद भट्टराईको समेत उपस्थिति रहेको कार्यक्रममा एक्ज्युकेटिभ इन्चार्ज प्रदीप श्रेष्ठले विद्यालयले सरसफाई? स्वास्थ्य शिविर, स्वयंसेवी, रक्तदानलगायत सामाजिक दायित्व अन्तर्गतका बिभिन्न गतिबिधि गर्दै आएको बताउदै रकम हस्तान्तरण विद्यालयको अर्को नमूना काम भएको बताउनुभयो ।

Website | + posts