जनप्रेमीमा अभिभावक दौड

भक्तपुर । भक्तपुरको कौशल्टारस्थित आदर्श जनप्रेमी माध्यामिक विद्यालयको ३१ औ स्थापना दिवसको अवसरमा अभिभावक दौड प्रतियोगिताको आयोजना गरेको छ । स्कुलप्राङ्गनदेखि गठ्ठाघर हुदै कौशल्टारसम्म भएको दौडमा २००० मिटर दौड प्रतियोगितामा ५० जना भन्दा बढी सहभागितलाई पछाडि पार्दै पुरुषतर्फ कक्षा ३ का दिया खत्रीका पिता दिपक खत्री प्रथम, कक्षा १ पुनिका खड्काका पिता कुमारबहादुर खड्का दोश्रो र कक्षा २ का अमास मगरका पिता गुणबहादुर मगर तृतिय भएका छन् । त्यस्तै महिलातर्फ कक्षा १ का राजन थापाकी आमा संगिता थापा प्रथम, कक्षा ५ निष्मा गिरीकी आमा मेनुका गिरी र यूकेजीका युनिसा माझीकी अभिभावक विन्दा सापकोटा तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई स्कुलका प्राचार्य एवं प्याब्सन मध्यपुरथिमि नगर समितिका अध्यक्ष निलेश आचार्यले क्रमश रु. २०००, १५०० र १००० का दरले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरि स्कुलले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी र अभिभावक गरि ६४ जनाले रक्तदान गरेका थिए । रक्तदातालाई प्राचार्य निलेष आचार्यले प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा उहाँले आगामी १६ गते स्कुल प्राङ्गनमा भव्य रुपमा शैक्षिक प्रर्दशनीको आयोजना गरिने बताउनुभयो ।