तपाईको विचारमा मन्टेश्वरी शिक्षाको आवश्यकता किन छ ? किन तपाइकै मन्टेश्वरी रोज्ने ?

प्रिन्सिपल: सुरेन्द्र विक्रम प्रजापति
विनायक शिक्षा निकेतन ई.स्कुल
मन्टेश्वरी भन्नुपर्दा बालविकासको लागि उपयुक्त शिक्षा भनेर बुझिन्छ । साना नानीहरुलाई आवश्यकीय तयारी गर्नको लागि हामीले बालविकास केन्द्रको रुपमा बालबालिकाहरुलाई विभिन्न सीपहरु सिकाउदै, विद्यालय जान परिपक्व बनाउने पूर्व तयारी कक्षाको रुपमा मन्टेश्वरी शिक्षाले यहि कार्य गर्दै रमाउदै, सिक्दै जाने शिक्षा भएकोले आवश्यक छ भन्ने लाग्छ । यस शिक्षाले बालबालिकाको चौतर्फी विकास जस्तै मानसिक सामाजिक संवेगात्मक लगायत बोल्ने क्षमतामा विकास गर्दछ । हाम्रो विनायक शिक्षा निकेतन विगत ३१÷३२ वर्षदेखि मध्यपुर ठिमीबाट निरन्तर शैक्षिक क्षेत्रमा क्रियाशिल रहेको विद्यालय हो । यस हिसाबले हाम्रा अनुभवहरु पनि धेरै रहेका छन् । हाम्रा अनुभवलाई समेट्दै हामीले नानीबाबुहरुको आवश्यकतालाई बुझेर कसरी र कस्तो प्रकारको शिक्षा प्रदान गर्ने भन्ने कृुरामा विशेष ध्यान दिएका छौ । बालबालिकालाई बालमैत्री वातावरण प्रदान गराउनका लागि शिक्षकहरुलाई पनि मन्टेश्वरी शिक्षा अनुसारको सिद्धान्त अपनाउन तालिम उपलब्ध गराएका छौ । पुरानो र अनुभवी विद्यालय भएको कारण हामीले न्यूनतम शूल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउदै आएका छौ । अन्यत्र १० हजार तिरेर प्रदान गरिने शिक्षा हामीकहाँ ३÷४ हजारमा नै उपलब्ध गराउदै विद्यालयको गुणस्तर कायम राखिराखेका छौ ।

 

प्रिन्सिपल : निरु ढकाल
सनसाइन नेशनल स्कुल
अहिलेको समयमा अभिभावले बालबालिकालाई २ वर्ष नाघेपछि विद्यालय हाल्ने चलन छ तर पहिलको कुरा गर्दा नानिबाबुलाई ४ अथवा ५ लागेपछि सिधै १ कक्षामा भर्ना गर्ने प्रणाली थियो । यो अवस्था बालबालिकाको मानसिक , शारीरिक विकासको सुरुवाती चरण रहेको हुदाँ बौद्धिक विकासको प्रारम्भिक चरण मानिन्छ । पहिलाको शिक्षा पद्दति अनुसार बालबालिकालाई विद्यालय भर्ना हुनासाथ पढाउने लेखाउने गर्नु हुदैन । यस प्रक्रियालाई सुधार गरी जबरजस्ती गराएर पढ्न सिकाउने भन्दा पनि मन्टेश्वरी अर्थात प्ले गु्रप प्रणलीबाट खेलाउदै सिकाउने कार्यलाई उचित मानिन्छ त्यसकारण बालबालिकामा मन्टेश्वरी अध्यापन आवश्यक छ जस्तो लाग्छ । अहिलेको प्रतिस्पर्धात्मक समयमा प्रायः सबै विद्यालयहरुले मन्टेश्वरी तथा प्ले वे माध्यमको पढाईलाइ प्राथमिकता दिदै आइरहेका छन् । सबै विद्यालयमा बालबालिकाको लागि खेल्ने थुप्रै साधनहरु उपलब्ध गराइएको हुन्छ, खेलाउदै पढाउने पूर्वाधारहरु रहेका हुन्छन् । निजी विद्यालयले मात्र नभई सरकारी विद्यालयले पनि मन्टेश्वरी विधि अपनाएका छन् । मन्टेश्वरी विधि भनेर हामी पूर्ण रुपमा जान सकेका छैनौ हामी मध्यम खालको विधिलाई अपनाउदै आइरहेका छौ । मन्टेश्वरी शिक्षामा जस्तै खेलाउदै, रमाउदै सिकाउने पढाउने वातावरण तयार पार्दै त्यसप्रकारको पूर्वाधारको व्यवस्था गरेका छौ ।

 

प्रिन्सिपल : गंगा प्रसाद याकामी
गणेश माध्यामिक विद्यालय
मन्टेश्वरी एक व्यवहारिक शिक्षा हो । बच्चाहरुलाई खेलाएर रमाएर सिकाउने विधि भएको कारण यस पद्दति अनुसारको अध्यापनलाई राम्रो मानिन्छ र आवश्यकीय पनि छ । हामीले मन्टेश्वरीका केहि केहि मात्रामा विधिहरु, पद्दतिहरु अपनाएका छौ । त्यसको लागि शिक्षिकाहरुलाई तालिम प्रदान गरेका छौ । हामीकहाँ बालबालिकालाई शुल्क नलिई डे बोर्डसको रुपमा अध्यापन गराउने सुविधा छ । विद्यालयको दैनिक तालिका अनुसार हामीले खाजाको व्यवस्था गरेका छौ र खाजाको लागि मात्र शुल्क लिएका छौ । नानीबाबुहरुको लागि शिक्षक चयनमा पनि निजी तबरबाट गर्ने व्यवस्था गरेका छौ । साना नानीहरुको रेखदेखको निम्ति भनेर सहयोगी दिदीहरु खटाएका छौ साथै बालबालिकाको सुरक्षामा पनि जोड दिएका छौ ।

प्रशासक : भावना खड्का
सेमरक किड्स वल्र्डल्याण्ड
बालबालिकालाई परम्परागत अध्यापन प्रणालीमा जस्तो किताब कापीमा मात्र सिमित नराख्न भिबचलष्लनlearning by doing method बाट तपाईको विचारमा मन्टेश्वरी शिक्षाको आवश्यकता किन छ ? किन तपाइकै मन्टेश्वरी रोज्ने ? पढाउन जरुरी छ । सामाग्रीसँग रमाउदँै, खेलाउदँै उनीहरुको मानसिकतामा विकास, आत्मविश्वासमा अवृद्धि गराउन र विशेष रुपमा बौद्विक पक्षमा सक्षम बनाउन मन्टेश्वरी माध्यमको पढाइले ठूलो भूमिका खेल्ने हुँदा मन्टेश्वरी शिक्षा आवश्यक छ । हाम्रो मन्टेश्वरीमा तालिमप्राप्त अनुभवी शिक्षकको व्यवस्था गरेका छौ । हाम्रो मन्टेश्वरीको शिक्षालाई गुणस्तरीय मानिन्छ किनभने हामीले बालबालिकालाई खेलाउदै रमाउदै सिकाउने खेल सामाग्रीहरुको राम्रो व्यवस्था गरेका छौ । यसकारण हाम्रो मन्टेश्वरी नाम कमाउन सफल र परिचित मन्टेश्वरी हो ।

प्रिन्सिपल: सविना राजभण्डारी
बेबीभिल्ला मण्टेश्वरी
मण्टेश्वरी भनेको मारिया मण्टेश्वरीले दिनुभएको तरिका हो, जुन विदेशी शिक्षा प्रणाली अनुसार नेपालमा पढाईने गरिन्छ । मण्टेश्वरीलाई डे केयरको रुपमा मात्र नभई स्कुलकै रुपमा बुझ् नुपर्दछ । बालबालिकालाई शैक्षिक सामाग्रीसंग, वातावरणसंग घुलमिल गराएर प्रयोगात्मक रुपबाट पढ्न लेख्न सिकाउने हुँदा मण्टेश्वरी आवश्यक रहेको छ । अहिले थुप्रै मण्टेश्वरीहरु रहेका छन्, त्यसमा बेबिभिल्ला नै रोज्नुपर्छ भन्ने लाग्दैन । हामीले कर्मचारीहरु नखटाइकन फाउण्डर र शिक्षकको रुपमा हामी ५ जना आमाहरु मिलेर सञ्चालन गर्दै आईरहेका छौं । यहाँ कुनैपनि अभिभावकले बच्चा छोडेर गएपछि आफ्नो नानीबाबुको सिकाइप्रति र हाम्रो मण्टेश्वरीप्रति गर्व गर्नसक्ने वातावरण छ । हाम्रो मण्टेश्वरीमा तालिमप्राप्त शिक्षक, लाइब्रेरी, प्रयोगशाला, अडियो भिडियो सामाग्रीहरु, स्वस्थ खानेकुरा, नियमित स्वास्थ्य परीक्षण, इनडोर र आउटडोर कार्यक्रम, नियमित अभिभावक भेला कार्यक्रम, पारिवारिक वातावरण, यातायातको सुविधा र खेतबारीबाटै अर्गानिक तरकारीहरु उत्पादन गरिन्छ । खाना, खेलकुद, सरसफाई, नृत्य, गायन, सुरक्षा लगायतका कुराहरु बालबालिकाको ईच्छाअनुसार प्रदान गर्दै उनीहरुको आत्मबल बढाउनमा यस मण्टेश्वरी सक्रिय रहेको छ । मन्टेश्वरी पद्दतिभन्दा पनि मन्टेश्वरी स्कुलकै रुपमा हामीले सञ्चालन गरेका छौं ।

प्रिन्सिपल: श्रीनारायण यादव
भक्तपुर इ.से. स्कूल
शिक्षण सिकाईलाई प्रभावकारी किसिमले उपलब्धिमूलक बनाउनका लागि मण्टेश्वरी आवश्यक छ । सिक्ने भनेको पढ्ने लेख्ने र कापी किताबमा मात्र सिमित नहुने हुँदा वरपरका वातावरणलाई प्रत्यक्ष अनुभव गर्दै हासिल गर्ने प्रकृया हो । मण्टेश्वरीले बालबालिकामा अरुको व्यवहार देखेर आफू पनि त्यसैअनुसार गर्न सक्ने क्षमताको विकास गर्छ । त्यसैले वातावरण र बालबालिकाको रुचि अनुसार रमाउँदै सिकाउने पद्दति नै मण्टेश्वरी हो । हामीकहाँ बालकेन्द्रीत क्रियाकलापहरु प्रदान गरिन्छ । तडकभडक भन्दा पनि यथार्थ क्रियाकलापहरु बढी गराईन्छ । साच्चिकै घरपरिवार, आमाबुबा जस्तै व्यवहार प्रदान गर्दै उनीहरुको आवश्यकता बुझेर प्रतिभाको पहिचान गरी बालबालिकाहरुको चौतर्फी विकासको लागि यस मण्टेश्वरीमा कक्षा १२ सम्म पढाउने व्यवस्था पनि रहेको छ ।

संयोजक : इन्दिरा बस्नेत
जुरिच किन्डरगार्डेन
नयाँ युगसँगै शिक्षण प्रणालीमा परिवर्तन हुदै आएको छ । बालबालिकाको चौतर्फी विकास जसअन्तर्गत मानसिक विकास, शारीरिक तथा बौद्विक विकासको कुरा पर्दछ । मन्टेश्वरी आवश्यक शिक्षा पद्दति हो जसमा पुराना शिक्षण प्रणालीलाई परिमार्जित गरी समयको माग अनुसारको शिक्षा प्रदान गरिन्छ । शिक्षा क्षेत्रमा देखिएका नयाँ चुनौतिहरुको सामना गर्नमा मन्टेश्वरी विधिले सहायता गर्ने हुदाँ यस प्रकारको शिक्षा आवश्यकीय मानिन्छ । हामीले हाम्रो मन्टेश्वरीमा शिक्षकहरु छनौटगर्दा अनुभव तथा तालिमलाई विशेष महत्व दिएका छौ । साना नानिबाबुलाई खेलाउदै पढाउँदै उपयोगी खेलकुदको माध्यमबाट किताबी ज्ञानका कुराहरु सिकाउनुको साथसाथै बालबालिकाको खुसि रहने कुरामाथि पनि बढि जोड दिएका छौ । विशेषगरी सुरक्षा, स्वास्थ्य, स्वस्थकर खानाको व्यवस्थामा ध्यान दिएका छौ । मिन्टेश्वरी प्रणाली अनुसारको पढाइको लागि अघिल्लो २ वर्षदेखि निरन्तर संघर्ष गर्दै यहाँसम्म पुग्न सफल भएका छौ । मन्टेश्वरीमा बालबालिकालाई नियमित योगा, नर्सद्वारा नियमित स्वास्थ्य परिक्षण उपलब्ध गराएका छौ । यसरी छोटो अवधिमा सूर्यविनायक स्थित बालकोट आसपासका अभिभावहरुको मन जित्दै रोजाई र छनौटको मन्टेश्वरीको सूचिमा पर्न सफल भएका छौ ।

प्रिन्सिपल :ग्रेस अधिकारी
हेलियो स्कुल चाइल्ड केयर सेन्टर एण्ड मन्टेश्वरी प्रि स्कुल
२१ औँ शताब्दीमा बालबालिकाहरुलाई पढाउनै निकै मुश्किल छ । बालबालिकालाई पढाउनभन्दा पनि खेलाउँदै सिकाउने कुरामा मन्टेश्वरीले जोड दिन्छ । बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक गरी समग्र विकासका लागि मन्टेश्वरीले मद्दत गर्छ । ूध्भ लयत यलथि भमगअबतभ थयग दगत यकिय कजबउभ थयग तजभ ागतगचभू भन्ने हाम्रो मन्टेश्वरीको स्लोगन रहेको छ । मन्टेश्वरी सिकाईको रुपमा उत्कृष्ट माध्यम मानिने हुदाँ आवश्यक रहेको छ । हाम्रो मन्टेश्वरीमा शिक्षालाई भन्दा पनि बालबालिकाको स्वास्थ्य र वातावरणमाथि बढि जोड दिइन्छ । हेलियो मन्टेश्वरी उत्कृष्ट मानिन्छ किनभने हामीकहाँ बालबालिकालाई समान रुपमा अघि लाग्नको लागि पोशाकको व्यवस्था गरेका छौ । बालबालिकाको सहजताको लागि कारको पनि सुविधा उपलब्ध रहेको छ । हाम्रो मन्टेश्वरीमा शान्त तथा स्वच्छ र मनोवैज्ञानिक ममतामयी वातावरण, योगा, प्राणायम, ध्यान, शारीरिक मानसिक तथा बौद्धिक विकासको लागि सृजनात्मक, खेलकुद र कलात्मक नृत्य लगायतका गतिविधि, मन्टेश्वरी प्रयोगशाला , सन्तुलित अर्गानिक आहार, स्वास्थ्य परिक्षण, फराकिलो खेलमैदान , चाइल्ड केयर इत्यादि सुविधा उपलब्ध गराएका छौ ।

प्रि स्कुल इन्चार्ज : सञ्जु देउजा
चाणक्य माध्यमिक विद्यालय
मन्टेश्वरी शिक्षा कापी र किताबमा मात्र सिमित रहने नभई कागजका क्राफ्टहरु, चित्रहरु देखाउदै खुसी बनाएर रमाइलाको साथ पढाइने शिक्षण पद्दति हो । प्ले वे विधिद्वारा बालबालिकालाई विद्यालयमा पढ्न जान रुचि बनाउने काम मन्टेश्वरी शिक्षाले गर्दछ । मन्टेश्वरी शिक्षाले बालबालिकालाई मौखिकपना तथा सकारात्मक धारणा बनाउनमा स्मार्ट बनाउँछ । हाम्रो विद्यालयमा पूर्ण मन्टेश्वरी प्रणालीभन्दा पनि मन्टेरवरीमा आधारित भएर शिक्षालाई अघि बढाउँदै आएका छौं । हामीले दक्ष तालिमप्राप्त शिक्षकहरुको व्यवस्था गरेका छौं । बालबालिकाहरुको इच्छा र मनोभावनालाई नजिकबाट नियाल्न सकियोस् भनेर विद्यालयमा पारिवारिक वातावरणमैत्री बनाएका छौं । बालबालिकाहरुको रुचिअनुसार उनीहरुको स्वास्थ्य तथा उमेर हेरेर खाना तथा खाजाको व्यवस्था गरेका छौं । नियमित सरसफाईको लागि व्यवस्थित रुपमा कर्मचारी राखेका छौं । नानीहरुको सहजपनालाई ध्यानमा राखेर स्कुल बसको व्यवस्था गरेका छौं । यसरी हाम्रो विद्यालय भक्तपुरकै क वर्गमा परिचित हुन सफल विद्यालयको सूचीमा पार्न सकेका छौं ।

प्रिन्सिपल: अनिता भट्टराई
एस.एस. मन्टेश्वरी प्रि स्कुल चारदोबाटो र कटुन्जे, भक्तपुर
मन्टेश्वरीमा साना नानीबाबुहरुलाई संस्कारका कुराहरु सिकाउँदै प्लेवे पद्दतिबाट पढाईन्छ । उमेरअनुसारको वातावरण उपलब्ध गर्दै पढाईने प्रयोगात्मक शिक्षा भएको कारण मन्टेश्वरी आवश्यक छ । बाल मानोविज्ञानलाई विशेष प्राथमिकता दिँदै स्वस्थकर खाना, स्वास्थ्य सुरक्षा, सुरक्षित खेल स्थान रहने हुँदा अभिभावकको रोजाईमा मन्टेश्वरी पर्ने गर्दछ । यस प्रणालीमा बालबालिकाहरुलाई यातना नदिई उनीहरुको मनोभावनालाई केन्द्रबिन्दु बनाएर पढाईन्छ । यसरी मनोवैज्ञानिक तथा साँस्कृतिक पक्षको विकासको लागि मन्टेश्वरी आवश्यक छ । हाम्रो यस एस.एस मन्टेश्वरीमा बालबालिकालाई दैनिक ३ पटक खानाको साथै बच्चाहरुलाई सुत्नको लागि व्यवस्थित कोठा तथा बालमैत्री शौचालयका व्यवस्था गरेका छौं । खेलकुद, खानादेखि लिएर हरेक क्षेत्रमा स्वास्थ्यलाई जोड दिएका छौं । उनीहरुको हरेक गतिविधिलाई नियाल्न सिसिटीभी जडान गरेका छौं । हाम्रोमा विद्यार्थीहरुको सुविधालाई विशेष ध्यानमा राखेर डोर टु डोर यातायातको व्यवस्था र अभिभावकहरुको लागि बाल पाठ्यक्रम विशेष तालिम उपलब्ध गरिएको छ

+ posts