देशको सिमाना खोज्दै

४ वर्ष अगाडि वाटिका admin

आज चीरबिर आवाज सुनिन्न ।
एका बिहानै ,
नमिठो कोलाहल
कता के हराएको आवाज ?
कता के मिचिएको आवाज ?
म झस्किए,
हत पत झ्यालबाट नियालेर हेरँे ।
एक हुल मानिस
आक्रोसित हुदै सबै भन्दै थिए ।
मुर्दावाद मुर्दावाद ∕
त्यस्तै के कता हरायो ?
कता के मिचियो ?
भन्दै थिए,
पुर्वमा टिस्टा, पश्चिममा काँगडा
वखत ब्युँताउने
मेची महाकाली आदि आदि
कोही भन्दै थिए ,
कालापानी हाम्रै हो ।
लिपुलेक हाम्रै हो ।
लिम्पीयाधुरा हाम्रै हो ।
मेरो बाल मस्तिष्क
अलमल भयो
त्यो देशको बहस
सिमानाको बहस बुझिनँ ।
संविधान पल्टाएँ
मेरो देश खोजे ।
मेरो देशको सिमाना खोजे
म अचम्म भए
किनकी
मेरो देश
पुर्खाको पौरख
अँह
मैले देश भेटाउन सकिन
संविधान च्याटिने गरि पल्टाएँ
मेरो नेपाल भेटिएन
कता सिमाना ?
कता क्षेत्रफल ?
तर
मलाई थाहा छ
वीर बलभद्र, भक्ति थापा र अमरको पौरख
पश्चिम काँगडाका मादल बज्ने
पुर्व टिस्टामा मृचुङा बज्ने
त्यो हो मरो देश
मेरो नेपाल
तर
आज सुन्दै छु
कालापानी
लिपुलेक
लिम्पीयाधुरा सबै भारतको भो
६० हजार हेक्टर मेरो माटो मिचियो
सिमानाको दाजुभाई पिटियो रे
मेरो व्द्ध हराउँदै छ रे
म आक्रोसमा चिच्याउन थाले
हे आमा
हे बाबा
हे गुरु
मेरो देश कत्ता छ ?
हे नेता भन्नेहरु
मेरो देश कत्ता छ ?
भन्द छ,
सबै थोक नेपालमै छ
वुद्ध छ
सगरमाथा छ
संस्कार छ
संस्कृति छ
तर
मेरो देश नेपाल कता छ ?
देशको सिमाना कति छ ?

चिच्याउँदै खोज्दै हिडेँ
चिच्याउँदै सोध्दै हिडेँ
जय नेपाल ∕

सर्वज्ञान प्रजापति
कक्षा ९
विनायक शिक्षा निकेतन

+ posts