प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठसंग कुराकानी (ईष्ट प्वाइन्ट इङ्लिस स्कुल)

३ वर्ष अगाडि कुराकानी admin

रमेशचन्द्र श्रेष्ठ
प्रिन्सिपल
ईष्ट प्वाइन्ट इङ्लिस स्कुल

 

हरेक विद्यालयलाई सही मार्गमा लैजान, विद्यार्थीलाई दक्ष र सक्षम नागरिक बनाउने र शिक्षाको विकासमा टेवा पु¥याउन प्रिन्सिपलको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालयको स्तर बढाउनेदेखि विद्यार्थीको स्तर विकासमा उनीहरुको मानसिकता बुझ्ने, विद्यार्थीहरुलाई सही मार्गमा लैजाने कार्यमा विद्यालयको प्रमुख भूमिका रहेको हुन्छ । कतिपय परिस्थितिमा विद्यार्थीहरुलाई सम्हाल्न प्रिन्सिपलको ठूलो भूमिका रहेको हुन्छ भने कतिपय कठिन परिस्थितिहरु प्रिन्सिपल समक्ष चुनौतीका रुपमा उभिन आउ“छन् । समग्र विषयलाई एउटा प्रिन्सिपलले ध्यान पुर्याईरहेको हुन्छ । यसै विषयमा एजुकेशन भ्वाईसले प्रिन्सिपलसंग गरेको छोटो कुराकानी यहा“ प्रस्तुत गरिएको छ ।

 

शिक्षा क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
शिक्षा क्षेत्रमा भन्नुपर्दा म वि. सं. २०४५ सालदेखि हालसम्म यस पेशामा लागिरहेको छु । मैले निशान स्कुलबाट शिक्षक पेशा सुरु गरे, शिक्षण पेशामा संलग्न भएको अहिले लगभग ३० वर्ष भयो ।

प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दा के कस्ता चुनौतिहरुको सामना गर्नुभयो ?
धेरै फरक त छैन नै जुन मैले शिक्षकको रुपमा काम गरे त्यसैको अनुभवका आधारमा वि.सं. २०५४ फाल्गुन महिना तिरबाट प्रिन्सिपल बनेँ । प्रिन्सिपल बन्दा मेरो स्कुल माथिको पहिलेको भन्दा जिम्मेवारी त थपियो नै त्यसको साथसाथै विद्यार्थी, अभिभावक, स्टाफ लगायतका सम्पूर्णको जिम्मेवारी बहन गर्नुपर्ने भयो । सरकारी निकायबाट आउने समस्याहरु सबैको समाधान के कस्तो हिसाबले गर्ने भन्ने विषयमा पनि जिम्मेवारी भयो । यी सबैभन्दा ठूलो कुरा आफ्नो विद्यालयमा विद्यार्थीहरुको पढाई स्तरलाई कसरी बढाउने भन्ने कुरामा ध्यान पु¥याउनुपर्ने विषय चुनौतिको रुपमा हरेक पटक आइराखेको हुन्छ ।

तपाइको विचारमा शिक्षा क्षेत्रको विकासको लागि सरकारी तथा नीजि क्षेत्रको कस्तो भूमिका रहनुपर्छ ?
नीजि क्षेत्र र सरकारी क्षेत्र भन्दा पनि शिक्षा क्षेत्रलाई गुणस्तरीय शिक्षा बनाउनको लागी मलाई कस्तो लाग्छ भने सबै भन्दा पहिला राजनैतिक गतिविधि लाई शिक्षा क्षेत्रमा छिराउँन हुदैन । जब त्यो राजनीति शिक्षा क्षेत्रमा छिरिन्छ र बच्चालाई राजनिति तिर लान खोज्छन्, बच्चाहरु त्यतै तिर ढल्कने भयो अनि पढाई स्तर घट्छ नै । एउटा कस्तो छ भने मैले अनुभव गरेको अझ यो उपत्यकामा भन्दा पनि दुर्गम क्षेत्रमा कस्तो देखिएको छ भन्दा खेरी शिक्षकहरु पनि राजनितिमा लागिरहेका छन् । त्यस मध्ये सरकारी विद्यालयमा धेरै छन् । शिक्षकहरु राजनीतिमा पनि लाग्ने र शिक्षकको पनि काम गर्ने अनि के समस्या देखियो भने अनुशासनको पालना कम हुन्छ, किनभने सोर्सफोर्सको कुराहरु पर्दछ यदि शिक्षकहरुले राम्रो संग गयो भने प्रिन्सिपलले बनाएको नितिनियम अनुसार काम गर्न गाह्रो मान्छन् । नियम पालना गर्न खोज्यो प्रिन्सिपललाई पार्टीको सोर्सफोर्स लगाएर सरुवा गराईदिने हुन्छ पार्टीको सोर्सफोर्स लगाएर त्यो कारणले सरकारी विद्यालयमा धेरै जसो प्रिन्सिपलहरुलाई अधिकार त छ तर पार्टी तिर छिने भएको कारणले अलिकति गाह्रो भईरहेको छ । अर्को कुरा सोचाई फरक के आयो भने प्रइभेट स्कुल, बोडि∙ स्कुल भने पछि सकरात्मक सोचनै हुन्छ विद्याथी र अभिभावकको, शिक्षाको नतिजा पनि राम्रो आइरहेको र गुणस्तरिय शिक्षा त्यहाँबाट भै रहेको छनै यि सबै कुराले गर्दा छनै तर प्राइभेटको साथसाथै सरकारीमा पनि नभएको हैन् । तर अलिकति सुविधा सम्पन्न विद्यालयहरुमा राम्रो भई रहेको छ तर गाँउ गाँउमा राजनितिले गर्दा समस्या आईरहेको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरकै शौक्षिक गन्तव्य बनाउन के गर्नुपर्ला ?
अन्तर्राष्ट्रियस्तरमै शैक्षिक गन्तव्य बनाउनको लागि सबैभन्दा पहिला अभिभावक, विद्यार्थीहरु र शिक्षकहरु सचेत हुनु प¥र्यो । सबै सचेत भएपछि विद्यार्थीको लागि आवश्यक सुविधा प्रदान गर्दै लान सकिन्छ । विद्यार्थीको योग्यता बढाउनको लागि उनीहरुको कक्षा अनुरुप पदपूर्ति गर्दै लैजानुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा भन्दा पनि नगरस्तरमा, नगरस्तरबाट जिल्ला स्तरमा र जिल्ला स्तरबाट नेपाली हुदै अन्तर्राष्ट्रियस्तरको रुपमा सम्झनुपर्छ । हामीले एकैचोटी अन्तर्राष्ट्रियस्तर भनेर सोच राख्यौ र तल्लोस्तरबाट केहि गर्न सकेनौँ भने त्यो चाँही गलत हुन्छ ।

तपाईको विद्यालयमा पठनपाठनलाई कसरी अघि बढाइरहनु भएको छ ?
हाम्रो विद्यालयमा पठनपाठन भन्नुपर्दा हामीले सुरुवाती चरणमा जुन स्तरबाट पढाईराखेका थियौँ त्यसैगरि समयसापेक्ष परिवर्तन हुदैँ पढाउदै आइरहेका छौ । सबैभन्दा पहिला आवश्यक शिक्षा दिनको लागि शिक्षकहरु योग्य हुनुपर्छ । शिक्षकलाई योग्य बनाउनका लागि पुरानो शैली अपनाउनु भएन । हामीले कस्तो शिक्षक उत्पादन गर्ने भन्ने विषयमा विद्यार्थीको आवश्यकतालाई बुझ्नुपर्छ । यदि अहिलेको समयमा विद्यार्थीले भने बमोजिम व्यवस्था हुन सकेन भने शिक्षकलाई समय समयमा विषय अनुसारको तालिम उपलब्ध गराउने गर्नुपर्दछ । हामीले पनि शिक्षकहरुलाई महिना महिनामा तालिमको व्यवस्था गरेर विद्यार्थीलाई राम्रो र गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेका छौँ । पहिला पहिला विद्यार्थीलाई धेरै पिट्ने, तर्साउने गरेर पढाउने गरिन्थ्यो तर अहिले यसरी पढाउन मिल्दैन, विद्यार्थीको मनोविज्ञान बुझेर त्यसै अनुसार पढाउनुपर्ने स्थिति रहेको छ । त्यसकारणले हामीले समय अनुसार आवश्यकतालाई हेरेर शिक्षकलाई तालिम दिने व्यवस्था गरेका छौ । विद्यार्थीलाई पहिले जस्तो लादेर भन्दा पनि अतिरिक्त क्रियाकलापमा अलिक बढी जोड दिने गरेका छौ । अहिले इन्टरनेटको माध्यम रहेको छ त्यसकारण विद्यार्थीलाई आवश्यक विषयको भिडियो इन्टरनेटबाट डाउनलोड गरेर देखाउने गरेका छौ । यसरी हामी समय अनुसार परिवर्तन हुदैँ आइरहेका छौ ।

यहाँको यस विद्यालयमाथिको भावी योजना कस्तो रहेको छ ?
भावी योजना भन्नुपर्दा अहिले नेपाल सरकारले मा. वि. भनेर कक्षा १२ सम्मलाई लिई राखेको छ । तर हामीले कक्षा १० सम्म मात्र पढाइरहेका छौ । उक्त सरकारी योजनालाई अंगाल्दै हाम्रो विद्यालयलाई पनि मा.वि स्तरमा पु¥याउदै ११ र १२ सम्म पढाउने लक्ष्य लिएका छौ । कक्षा ११ र १२ भएपश्चात मा.वि. भयो भन्ने विषयमाथि हामी लागिरहेका छौ । कक्षा १२ सम्म जादाँखेरको विद्यार्थीको आवश्यकता के के छ त ? विद्यार्थीका माग अनुसारको सुविधा दिन सकिन्छ ? भन्ने कुरामा छलफल गरिरहेका छौ । आवश्यकता अनुसार पूर्ति गर्दै जाने योजनामा छौँ ।

अन्तमा केही भन्नु छ कि ?
थप विषय भन्दा हाम्रो विद्यालयमा विशेष रुपमा चाहिएको भवन हो । सुविधायुक्त भवन निकै आवश्यक विषय बनेको छ । त्यही सुविधायुक्त भवन बनाउन ५ वर्षे (पञ्चवर्षिय) योजना भने जस्तै हामीले ५ वर्षमा आवश्यक भवन निर्माण गर्ने र त्यतिन्जेलसम्ममा हाम्रो विद्यालयलाई मा.वि स्तरमा पु¥याउने मुख्य योजनामा लागिरहेका छौ । यसै कुरालाई नै हामीले थप विषयको रुपमा जाने भनेर योजना बनाएका छौ ।

+ posts