प्रिन्सिपल सञ्जय खड्काको अध्यक्षतामा नेशनल प्याब्सनको नयाँ कार्यसमिति निर्वाचित

भक्तपुर, ३० भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( नेशनल प्याब्सन ) भक्तपुरको छैटौं जिल्ला अधिवेशनले पुनः सञ्जय खड्कालाई अध्यक्षमा निर्बिरोध नर्वाचित गरेको छ । नगरकोटमा आज सम्पन्न अधिवेशनले मदरल्याण्ड स्कूलका संचालकर प्रिन्सिपल सञ्जय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध नर्वाचित गरेको हो ।

नेशनल प्याब्सन भक्तपुरको वरिष्ठ उपाध्यक्षमा शिवकृष्ण कवां, उपाध्यक्षमा रामप्रसाद खाताखो, सचिबमा कुमार थापा मगर, सहसचिवमा दिनेश शाक्य, कोषाध्यक्षमा बिक्रम थापा र सह–कोषाध्यक्षमा रत्नबहादुर राईलाई निर्बिरोध निर्वाचित गरेको हो ।

अधिवेशनले कार्यसमिति सदस्यहरुमा सुमन शिल्पकार, रमेशप्रसाद सिटौला, प्रतिमा माक, शर्मिला खड्का, कमल सुवाल, अशोक श्रेष्ठ निर्बिरोध निर्वाचित हुनु भएको हो । निर्वाचित सबै पदाधिकारीले आजै सपथ ग्रहण गरि कार्यभार सम्हाल्नु भएको छ ।

त्यसअघि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डब हमालले कार्यक्रमको उद्घाटन गर्दै देशको शैक्षिक नितीलाई बलिाये बनाउन नेशनल प्याब्सनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

उहाँले नेशनल प्याब्सन अन्तर्गतका विद्यालयहरुमा देखिएका समस्याहरु समाधान गर्दै देशमा शिक्षाको जग बलियो बनाउन लामो समयदेखि लाग्दै आएको चर्चा गर्दै एकतामा नै बल हुने सन्देश प्रवाह गर्नु पर्ने औल्याउनुभयो ।

त्यसअवसरमा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्षहरु शम्भु अधिकारी र डम्बर कार्की, बागमती प्रदेश अध्यक्ष नारायण खड्कालगायत विभिन्न व्यक्तित्वहरुले नेशनल प्याब्सनले खेल्नु पर्ने भूमिकाकोबारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा धेरै वर्षदेखि नेपाली मौलिक सम्पदा संरक्षणमा योगदान दिदै आउनु भएका सम्पदा संरक्षणकर्मी रविन्द्र पुरीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो । उहाँले देश छाड्नेहरूको संख्या बढ्नु देशकै लागि घातक भएको भन्र्दै नेपालकै भूमिमा बसेर पनि धरै प्रगति गर्न सकने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शम्भु अधिकारीले एक विद्यालयः एक उद्यमको नीति अवलम्बन गर्दै अगाडि बढ्न सके निजी विद्यालय अझै बनाउन सकिने औल्याउनुभयो ।

नेशनल प्याब्सन डम्बर कार्कीले अधिवेशनले नयाँ नेतृत्व चयन गरिरहँदा ख्याल गर्नुपर्ने बताए । उहाँले भक्तपुर जिल्लाको अधिवेशन भएकाले भक्तपुरको शैक्षिक स्तर माथि उकास्नका लागि बनाउनुपर्ने नीति तथा कार्यक्रमबारे छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव विष्णु पराजुली, नेशनल प्याब्सन ललितपुरका उपाध्यक्ष रमेश कोइराला, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष पुण्यराम कवांले सरकारले शिक्षा विधेयकमार्फत निजी विद्यालयलाई सुनियोजित रूपले नियमन गर्न खोजेकाले त्यसविरुद्ध नेशनल प्याब्सनकर्मीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेशनल प्याब्सनका सहकोषाध्यक्ष विक्रम ढुकुछुले नेशनल प्याब्सन भक्तपुरको स्थापनाकालदेखि हालसम्म भएका प्रगति र आरोह तथा अबरोहकाबारेमा चर्चा गर्नुभयो ।

नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्काले निजी विद्यालयलाई अघि बढाउन लगानीमैत्री वातावरण बनाउन समेत अनुरोध चर्चा गदैए सरकारले निजी विद्यालयको शैक्षिक योगदानको कदर नगरे शिक्षाकर्मीहरू एक ठाउँमा उभिएर संघर्ष गर्न पछि पर्नु नहुने बताउनुभयो ।

नेशनल प्याब्सन भक्तपुर जिल्लाका उपाध्यक्ष शिवकृष्ण कवांले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन लागिरहेको चर्चा गर्दै भक्तपुरको शैक्षिक स्तर माथि उकास्न सबै क्षेत्र र वर्गको साथ र सहयोग जरुरी रहेको बताए । प्याब्सनको शैक्षिक अभियानमा जोडिने सहयोगी तथा सहयात्री, विभिन्न प्रकाशन गृहलाई प्रशंसा पत्र प्रदान गरिएको बताउनुभयो ।

Website | + posts