मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न, विद्यार्थीलाई सम्मान एवं पुरस्कार प्रदान

भक्तपुर । भक्तपुरमा रहेको मदरल्याण्ड स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलका वार्षिकोतसव एवं सम्मान कार्यक्रमको नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले अध्यक्ष हमालले विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम–२०७९ मा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको धारणा राख्नु भयो ।
भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको भन्दै उहाँले ८०० भन्दा बढी विद्यार्थीहरु पढ्ने मदरल्याण्ड स्कूलले विद्यार्थीहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको मिहिनेत प्रशंसनीय रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममासूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा भएको भन्दै नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन बिभिन्न कार्यक्रम अगाडि ल्याएकोे बताउनु भयो ।
कार्यक्रममा नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपानेले भक्तपुर नेशनल प्याव्सनका अध्यक्ष समेत रहनु भएका संजय खड्काको नेतृत्वमा सञ्चालित मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको हरेक क्षमता र प्रतिभालाई बाहिर ल्याउने कार्य गरेको भन्दै अभिभावकहरुले ढुक्क भएर मदरल्याण्ड स्कुलमा भर्ना गरी आफ्नो बच्चाहरु जिम्मा दिन सुझाव दिनु भयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता तथा वडा नं ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलको विविध प्रतिभा प्रस्तुति र कार्यक्रमबाट सबैले पाठ सिक्नु पर्ने चर्चा गर्दै नगरपालिका भित्र सञ्चालित सबै विद्यालयहरुलाई नियमन गरी व्यवस्थित बनाउने कुरामा जोड दिएको बताउनु भयो ।
कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेत, नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याव्सनका केन्द्रिय सदस्य तथा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा.कृष्ण प्रसाद ग्वाछा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तबुन्जा श्रेष्ठ, हिसान भक्तपुर अध्यक्ष अनिल कसपाल, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृष्ण प्रजापति, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सञ्जय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गर्नु भएको थियो । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताउनु भयो । उहाँले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राख्नुभयो ।
कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा करिब ६७८ अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते भव्यताका साथ सम्पन्न गरेको थियो ।
शैक्षिक सत्र २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै युकेजीबाट अपग्रेड भई कक्षा १ मा पुग्न सफल विद्यार्थीहरु दिक्षित गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा १० वर्ष भन्दा लामो समय सेवा प्रदान गर्दै आएका शिक्षक तथा कर्मचारीहरु राधेश्याम केसी, राधेश्याम कासुला, सविना केसी, दिलदेवी देउला, रुपा थापा र माया केसीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, गीत तथा नाटकका साथै विद्यार्थीहरुले उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।