मेरो असल साथी

मेरो एउटा असल साथी छ
जो संधै मेरो साथमा हुन्छ
जसले आपत्को बेला हात लदिन्छ
र दुःखको बेला सान्त्वना दिन्छ
र खुसीको बेला मसंगै रमाउछ ।
म पनि संधै उसंगै खेल्छु
संधै उसंगै खान्छु
उसंगै बोल्छु
उसंगै हाँस्छु
उसँगै रुन्छु
उसंगै सुत्छु
संधै उसँगै उठ्छु
र उसंगै नै सिक्छु
उसले मलाई पढ्न सिकायो
उसले मलाई लेख्न सिकायो
उसले मलाई बोल्न सिकायो
उसले मलाई सुन्न सिकायो
त्यो भन्दा पनि महत्वपूर्ण कुरा
उसले मलाई बुझ्न सिकायो ।
उसले मलाई अगाडि बढ्न सिकायो
र माथि चढ्न पनि सिकायो ।
मैले यो जीवन उसलाई सुम्पिसकेको छु
मलाई विश्वास छ कि उसले मेरो जीवन
सफल पार्छ
मलाई भरोसा छ कि उसले मेरो जीवन
असल बनाउँछ
र मलाई आशा छ कि उसले मेरो जिवन
र भविष्य उज्यालो पार्छ
किनकि मेरो असल साथि अरु कोही नभएर
मेरो प्यारो पुस्तक हो
जलज प्रजापति
कक्षा ९
विनायक शिक्षा निकेतन