वागीश्वरी कलेजमा गुरुपूर्णिमा सम्पन्न

-सृष्टि
भक्तपुर, १८ असार । वागीश्वरी कलेज बि.ए. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा शिक्षकशिक्षिकाहरुलाई शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले गुरुहरु तबमात्र खुसी हुन्छ जब नेपाल आमा खुसी हुन्छिन् † विद्यार्थीहरु पलायन नभई स्वदेशमै आÇनो पसिना बगाई नेपालको विकासमा योगदान गर्न आग्रह गर्नुभयो ।
त्यसैगरि कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रमका लागी सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरु सरिना वाडेले गुरुपूर्णमा र रामहरि चोलागाईले व्यासको वारेमा आÇनो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले दही तथा रातो टिका गुरुहरुलाई लगाई दिनुका साथै केक काटेर कलम उपहार विद्यार्थीहरुको तर्फबाट दिएका थिए ।