विद्यार्थीलाई नमूना मतदान कार्यक्रम

काठमाडौं,२७ कात्तिक ।
कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । शुक्रबार उनले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत भए । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमूना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत भएका हुन् ।
मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताइन् ।
कक्षा १० का विनोद जोशी नमूना मतदानमा मतदान अधिकृतको भूमिकामा रहेका थिए । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई निर्वाचनको महत्वका बारेमा सक्षम बनाएको उनको भनाइ छ ।