वीक्यान नेपालको फुटसलमा इडेन गार्डेन प्रथम

३ वर्ष अगाडि गतिविधि admin

भक्तपुर, । संस्थागत विद्यालयहरुको संस्था वी क्यान नेपालले आयोजना गरेको अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगितामा इडेन गार्डेन स्कूल प्रथम भएको छ । प्रतियोगितामा रोम्बर नेशनल स्कूल दोस्रो र नियोलोजिन एकेडेमी तेस्रो भएको छभने एपेक्स स्कूल चौथो, सिरिन केन स्कुल र क्रियटिव स्कुल सान्त्वना भएका छन् ।
जुनियर तह अन्तर्गत भएको प्रतियोगितामा विजयी स्कूलका खेलाडीहरुलाई नेशनल प्याब्सनका केन्द्रीय सदस्य एवं रोम्बस नेशनल कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले पुरस्कार, मेडल र शिल्ड प्रदान गर्नुभयो ।
कार्यक्रममा डा. कोजूले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न खालका क्रियाकलाप गर्न जरुरी रहेको बताउँदै विद्यार्थीलाई पढाइका अलावा अन्य सिर्जनात्मक गतिविधिहरुमा पनि संलग्न गराउनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि खेलकुदले पनि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
वद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न तथा विद्यार्थीलाई मानसिक र शारीरिक रुपले स्वस्थ बनाउन उदेश्यले आयोजना गरेको प्रतियोगिताको समापनमा संयोजक रत्न राई, प्रिन्सिपल विश्वराम दुवाललगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा रहेका ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

+ posts