शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे शिक्षा मन्त्री पौडेल र चाँगुनारायणका मेयरबीच छलफल

मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनु भयो ।

=====================================================

भक्तपुर, ३० भदौ : शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउनु पर्नेे बताउनु भएको छ ।

आज मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच भएको भेटवार्तामा उहाँले स्थानीय तहले आफ्ना पालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भएको हो ।

उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु हुदै चाँगुनारायण इन्जिनियरिङ् कलेजकाबारेमा चासो राख्दै छलफल गर्नु भएको थियो ।

मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनु भयो । नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नु भएको थियो ।

Website | + posts