एसईई परीक्षाको नतिजा सार्वजनिक, नौ हजार ६३३ जनाले ल्याए ए प्लस

भक्तपुर, ११ साउन : राष्ट्रिय परीक्षा बोर्डले आज अपरान्ह ४ बजे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षा नियँत्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागि मध्ये चार लाख ९५ हजार ७५१ जना परीक्षार्थीको नतिजा सार्वजनिक गर्नु भएको हो ।

सदस्य सचिव अर्यालले यसवर्ष उच्च श्रेणीमा उतीर्ण हुने विद्यार्थी १ दशमलव ९४ प्रतिशत रहेको बताउनु भयो । उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ९ हजार ६३३ अर्थात १ दशमलव ९४ प्रतिशत परीक्षार्थीले ल्याएका छन् ।

त्यस्तै एसईईमा ४१ हजार ६२७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, ६९ हजार ९०० जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार ५८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार २८०विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो । उनेको संख्या रहेको छ ।

सदस्य सचिव अर्यालले यसवर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जिपिए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो ।

नतिजा यसरी हेर्नुहोस :

एसईईको नतिजा आउने भन्ने थाहा पाए लगत्तै विद्यार्थी तथा अभिभावकहरुलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने र आत्तिदै फोन गर्ने गर्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एईई परीक्षाको नतिजा सहजै हेर्ने व्यबस्था गरेको । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सहजै हेर्ने व्यबस्था गरेको जानकारी दिनु भयो । यसका लागि विद्यार्थीले वेबसाईड, एसएमएस र आईभिआरबाट हेर्न सकिने व्यबस्था गरेको जानकारी दिनु भयो ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरि प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यबस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो ।

एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३५००१ र ३३६२४ मा डायल गर्न सक्ने व्यबस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com बाट नतिजा हेर्न सकिने व्यबस्था गरिएको छ ।