गभर्नरको राजीनामा माग्ने नेविसंघका विद्यार्थी प्रहरी नियन्त्रणमा
393
काठमाडौँ,२२ श्रावण ।
गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए ।
नेविसंघ नेताहरु विकल राई, श्यामराज ओझा, बिनोद राज जोशी, सेरेन जोशी, दिनेश भट्ट, उपासना अधिकारी, सिर्जना स्नेही लगायत पक्राउ परेका हुन् ।





