किशोरीहरुलाई साइकल वितरण
637
दाङ, ५ असोज । अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई साइकल वितरण गरेको छ । रनियापुर माविमा कक्षा ८ मा अध्ययनरत छात्रा शर्मिला नेपालीलाई साइकल हस्तान्तरण गर्दै नगरप्रमुख घनश्याम पाण्डे । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मूल नारासहित ५० वटा साइकल किशोरीहरुलाई वितरण गरेको हो ।





