अन्तर विद्यालय टेवल टेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर, २१ मंसिर । भक्तपुर नगरपालिकाद्धारा आयोजित नगरब्यापी विद्यालयस्तरीइ टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु २ वडा समिति र २ वडा खेलकुद समितिको समन्वयमा बासुउमावि कर्भड हलमा सम्पन्न भई । सो प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल वितरण कार्यक्रम भक्तपुर नपा वडा नं ७ का वडा अध्यक्ष तथा युवा तथा खेलकुद समितिका संदस्य उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन भयो । सो अवसरमा प्रमुख अतिथि उकेश कवांले नेपालमा खेलकुद विश्व विद्यालय स्थापना भए नेपालको खेलकुदस्तर यो भन्दा अझ विकसित हुने चर्चा गर्दै भक्तपुरको खेलकुद विकास र पुर्वाधार विकासको निम्ती राज्यको कुनै सहयोग प्राप्त भएन भन्नुभयो ।

उहाँले भक्तपुर नपाले आफ्नै पहलमा विभिन्न खेलकुद प्रशिक्षउा सञ्चालन गर्नाले नै भक्तपुरका खेलकुद विकास यो स्तरसम्म पु¥याउन मदत पुगेको छ भन्नुभयो । उहाँले पुरस्कृत विद्यार्थीहरुलाइ बधाई दिंदै खेलकुदको साथै अध्ययनलाई विद्यार्थीहरुले संगै लान सकेमात्र सफल खेलाडी बन्न सक्छ भन्नु भयो । अर्का अतिथि २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नपाल मजदुर किसान पार्टीको निर्देशनुसार भक्तपुर नगरपालिकामा विजयी जप्रतिनिधीहरुmले खेलकुद, शिक्षा ,स्वास्थ्यलाई प्राथमिकता दिई १०० बेड क्षमताका ख्वप अस्पताल सञ्चालन गर्न अगाडि बढीरहेको छ ।

अन्तर विद्यालय खेलकुद प्रतियोगिताले भक्तपुरको खेलस्तर अझ उकास्ने छ भन्नुभयो । प्रतियोगितामा भक्तपुर जिल्ला टेवल टेनिस संघका अध्यक्ष प्रेम खर्वुजा , २ वडा खेलकुद समितिका अध्यक्ष गणेश प्रसाद सुवाल, सचिव राजकुमार लघु, प्रतियोगिताका निर्णायक इन्द्रभक्त पंच लगायतले खेलकुद प्रतियोगिताको महत्वमाथि प्रकाश पार्नु भयो । प्राप्त परिणाम अनुसार गल्र्स टीम इभेन्ट्समा प्रभात ई. स्कूल प्रथम , प्रोक्सिमा एकडेमी दोश्रो र माउण्ट भ्याली र जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रोस्थान प्राप्त गर्न सफल भयो । व्वाइज टीम इभेन्टसमा प्रोक्सिमा एकडेमी प्रथम, द राइजिङ्ग इ. स्कूल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूल र गोल्डेन गेट ई.स्कूलले संयुक्त रुपमा तेश्रोस्थान प्राप्त गरेका थिए ।

व्वाइज १६ बर्षमुनी तर्फ करण कपाली विद्या आर्जन प्रथम , न्युनिस सुवाल द राइजिङ्ग इ. स्कूल दोश्रो उज्वल न्हुछे प्रोक्सीमा एकडेमी र क्रियशन सुवाल जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रो भएका थिए । व्वाइज १६ बर्षमुी तर्फ बिशाल कवां प्रोक्सिमा एकडेमी प्रथम, रुकेश कवां माउण्ट भ्याली ई. स्कुल दोश्रो तथा बासु माविका सुयौढ दुवाल र माउण्ट भ्याली ई. स्कुलका शोहन गोर्खाली संयुक्त रुपमा तेश्रो भएका थिए । गल्र्स १६ बर्षमुनी तर्फ मर्मदा खाइतु प्रोक्सिमा एकडेमी प्रथम, प्रभात ई.स्कुलका शौरभि कोजु दोश्रो, तथा प्रभात कै सेफिना कोजु र प्रोक्सिमा एकडेमी प्रज्ञा भेले संयुक्त रुपमा तेश्रो भएका थिए।

गल्र्स १६ मुनि तर्फ प्रभातका क्रमश प्रदिपा सुवाल प्रथम क्यारिना सुवाल दोश्रो भए । जेन्यूइन सेकेण्डरी स्कूलका वेन्डी सुवाल र माउण्ट भ्यालीका आशिका काशिछ्वा संयुक्त रुपमा तेश्रो भएका थिए । मिक्स डवल तर्फ बिशाल र नर्मदाको जोडी प्रोक्सिमा एकडेमी प्रथम, प्रज्वल र प्रदीपाका जोडी प्रभात स्कूल दोश्रो र संयुक्त रुपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कूल र सफल र सिरस्तीकाको जोडी प्रोक्सिमा एकडेमी संयुक्त रुपमा तेश्रो भएका थिए । अन्तिम परिणाम अनुसार प्रोक्सिमा एकडेमीले ४ स्वर्ण ,१ रजत र २ काश्य गरी ७ पदकका साथ समूहमा प्रथम भई प्रथम ट्रफी प्राप्त गर्ने छन

प्रभात ई. स्कूलले २ स्वर्ण, ३ काश्य र २ काश्य पदक गरी ७ पदक प्राप्त गरी दोश्रो ट्रफी प्राप्त गर्ने छन् । समुहमा प्रथम , दोश्रो र तेश्रोस्थान प्राप्त गर्नेहरुलाई २०७८ मंसीर २४ गते दिउँसो १ः०० बजे शहिद स्मृति खेल मैदानमा हुने समापन तथा पुरस्कार वितरण कार्यक्रम पुरस्कृत गर्ने बताइएको छ ।