नेशनल प्याव्सन भक्तपुरद्धारा सचेतना एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भक्तपुर, २१ मंसिर । नेशनल प्याव्सन भक्तपुरले २०७८ मा एईई परीक्षामा सम्मिलित हुने कक्षा १० का विद्यार्थीहरुलाई आज अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेशनल प्याव्सन भक्तपुरका १५ वटा विद्यालयबाट करिब २६१ जना विद्यार्थीहरुलाई प्रशिक्षण दिएको उक्त सचेतना एवं मार्गनिर्देशनात्मक कार्यक्रममा समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त जगाती, प्रभाग कटुञ्जे र सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जेको संयुक्त सहकार्यमा “लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान” अन्तर्गत भक्तपुर जिल्ला सूर्यविनायक न.पा.वडा नं. ६ चुनदेबि स्थित सूर्यविनायक रिसोर्टमा प्रमुख अतिथी एवं श्रोत व्यक्तिको रुपमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्र.उ शिव कुमार श्रेष्ठले लैंगिक हिंसा सम्बन्धि सचेतना गर्नु भएको थियो ।
साथै मानव कल्याण समाजकी अध्यक्ष एवं प्रशिक्षक सुमित्रा चौलागाईँले सकारात्मक सोचको विकास गर्नु पर्ने, आफ्ना आमाबुबा र गुरुहरुले प्रदान गर्नु भएको सतमार्गमा हिड्नु पर्ने एवं विद्यार्थीहरुले अहिले देखि नै सही पथमा लागेर मिहिनेत गर्नु पर्छ भनी मार्गनिर्देशन प्रदान गर्नु भएको थियो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यस्तो प्रकारको प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरु सचेत हुने एवं सकारात्मक प्रभावले उचीत बाटो अपनाउन सहयोग पुग्ने बताउनु भएको थियो १





