१२ कक्षाको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

काठमाडौं, २९ मंसिर । कक्षा १२ को परीक्षाफलको असन्तुष्ट बिरामीहरुले गरेको आन्दोलन सहमति पछि स्थगित भएको छ । नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

कानुन संकायका विद्यार्थीहरूले निकै न्यून अंक आएको भन्दै पुनः परीक्षणको माग गरेका थिए । केफ र पश्चिमाञ्चल क्याम्पसले आफ्ना विद्यार्थीको शुल्क तिरिदिन लागेको छ । गण्डकीका ७ वटा क्याम्पसबाट पहिलो पटक कानुन विषयको पढाई थालिएको हो । परीक्षा दिएका २ सय विद्यार्थीकै नतिजा अप्रत्याशित आएको विद्यार्थीहरूको गुनासो छ । प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने नतिजाबारे जानकारी नभएको भन्दै पन्छिँदै आएको छ । कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठले समन्वय गरेर समस्या समाधानमा लाग्ने बताए ।