शिक्षासेवी स्व.महर्जनलाई मरणोपरान्त प्याब्सन गौरब सम्मान प्रदान

भक्तपुर, ३ पुस : निजी तथा आवासीय माध्यामिक विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरले प्याब्सन गौरब सम्मानबाट मरोणपरान्त शिक्षासेवी राजकुमार महर्जनलाई सम्मान गरेको छ ।
प्याब्सन भक्तपुरले आज आयोजना गरेको १५ औ जिल्ला अधिवेशनमा प्याब्सन केन्द्रीय बौद्धिक सल्लाहकार एवं भक्तपुर प्याब्सनका सल्लाहकार, पूर्व अध्यक्ष तथा माउण्ट भ्यू इङ्लिस बोडिङ्ग स्कूलका प्रिन्सिपल महर्जनलाई मरणोपरान्त प्याब्सन गौरब सम्मान प्रदान गर्नु भएको हो । कार्यक्रममा प्याब्सनका बरिष्ट केन्द्रीय सल्लाहकार राजेश खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनु भएका प्रिन्सिपल महर्जनको पत्नी मिना महर्जनले उक्त सम्मान ग्रहण गर्नुभयो ।
प्याब्सनको भक्तपुर जिल्ला कार्यालयको तीन तले भवन निर्माणमा सहयोग गर्ने विद्यालय तथा दाताहरु र कोभिड महामारीमा राहत सहयोग गर्ने विद्यालय एवं दाताहरुलाई सम्मान गरिएको थियो । त्यस्तै प्याब्सन अन्तर्गत बिभिन्न विद्यालयका शिक्षकm शिक्षिका तथा कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार खड्काले कोभिडको महामारीबाट क्षति व्यहोर्दै निजी विद्यालयहरु अगाडि बढेको बताउदै देशका कर्णाधार तथा दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयको भूमिका जस्तोसुकै संकटमा पनि सशक्त भएर जानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले कोभिड महामारीबाट निजी विद्यालयले आर्थिक क्षति मात्रै नभई बिभिन्न प्रिन्सिपल, शिक्षक, अभिभावक, विद्यार्थीको स्वास्थ्यमा क्षति र मानवीय क्षति व्यहोर्नु परेको बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय प्याब्सनका उपाध्यक्ष दीपिका थापा, सल्लाहकार आशिष श्रेष्ठ, प्याब्सन वाग्मति प्रदेश उपाध्यक्ष निरु ढकाल, प्याब्सन भक्तपुरका बरिष्ट सल्लाहकार भक्त राजभण्डारी, प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठलगायले विद्यालय जस्तो सुकै संकटमा पनि नआत्तिकन पढाईलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । आजको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएको छ ।