प्रधानाध्यापक बुद्धिकुमार घो बिगुलद्धारा लिखित देश रोएको बेला नामक कविता संग्रह विमोचन

भक्तपुर, ४ पुस । भक्तपुरका एक विद्यालयका प्रधानाध्यापकद्धारा लिखित पुस्तक सार्वजनिक गरिएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आदर्श माध्यामिक विद्यालय थिमि लायकूका प्रधानाध्यापक बुद्धिकुमार घो बिगुलद्धारा लिखित देश रोएको बेला नामक कविता संग्रह विमोचन गर्नु भएके छ ।
मध्यपुरथिमिमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा शनिबार नगर प्रमुख श्रेष्ठले ३७ जना कविहरुले आ–आफनोबारेमा लेखिएको कविता संग्रह शव्दचित्रभित्र हामी नामक कविता संग्रह र कवि भक्तबहादुर नेपालीको सुन्तली खण्डकाव्य समेत विमोचन गर्नु भएको हो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, साहित्यकारहरु शान्ता श्रेष्ठ, हरि मञ्जुश्री, जगदीशचन्द्र भण्डारी, डा देवी नेपाल, डा कृष्णप्रसाद घिमिरे, डा यज्ञेश्वर निरौलालगायतले संयुक्त रुपमा तीन पुस्तक एकैसाथ सार्वजनिक गरेका हुन् । शव्दचित्रभित्र हामीमा ३७ जना कविहरुले आआफनोबारेमा लेखिएको कविताका साथै उनीहरुका बायोडाटा पनि समावेश छन् । यस प्रकारको पुस्तक नेपाली साहित्यमै पहिलो भएको दावी कार्यक्रममा गरियो ।
कार्यक्रममा पुस्तकका योजनाकार डा इन्दुल केसीले कविता समावेश भएका कविहरुबाटै प्रतिव्यक्ति एकएक हजार सहयोग रकम संकलन गरी कविता संग्रह प्रकाशित गरिएको जनाए । शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क कार्यालयको आयोजना, मध्यपुर थिमि भक्तपुरको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।