भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर, ४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनु भएको छ । प्याब्सन भक्तपुरको १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठ अध्यक्षका प्रत्यासी दिपज्योति इंगलिस सेकेण्डरी स्कुल प्रिन्सिपल सेमन्तराज सुवेदीलाई पछि पार्दै अध्यक्षमा विजयी हुनु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित हुनु भएकाो प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरि अधिवेशनले सदस्यहरुमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई र महाधिवेशन प्रतिनीधिमा सानुराजा कार्कीलाई निर्विरोध निर्वाचित गरेको उहाँले जानकारी दिनुभयो ।