विद्यार्थीलाई सहयोग गर्दै पूर्वयुवराज्ञी शाह

नवलपुर, ७ पुस । हिमानी ट्रस्टकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहले विद्यार्थीलाई न्यानो कपडा तथा पानी शुद्ध गर्ने बोत्तल वितरण गर्नु भएको छ । ट्रस्टले बुधबार नवलपरासीको गैँडाकोटका आयोजित कार्यक्रममा यहाँका विभिन्न आठ विद्यालयका ३८४ जना विद्यार्थीलाई न्यानो कपडा तथा पानी शुद्ध गर्ने बोत्तल वितरण गर्नु भएको हो ।