डा. महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौंँ, ९ पुस । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा. महाश्रम शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले पुर्व सचिव शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्ट लिस्ट मध्ये सूचीकृत उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा पुर्न भएको डा. शर्मा अध्यक्षमा नियुक्त हुनु भएको हो ।
लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठन गरिएको समितिले बोर्डको अध्यक्षको नाम सिफारिस गरेको थियो । बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गर्नु भएको थियो ।
नेपालको शिक्षा क्षेत्रमा लामो समय अनुभव सम्हाल्नु भएका डा. शर्माले बोर्डको समग्र सुधारमा ध्यान दिने विश्वास गरिएको छ ।