सूर्यविनायक नगरपालिकाद्वारा पाँच विद्यालयलाई कम्प्युटर, प्रिन्टर र युपिएस प्रदान

भक्तपुर, ९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिकाले पाँच विद्यालयलाई कम्प्युटर, प्रिन्टर र युपिएस लगायत सूचना प्रविधिसँग सम्बन्धित सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख बासुदेव थापाले विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
नगरपालिकाले बालशिक्षा सदन आधारभूत विद्यालय, गणेश आवि, चित्रपुर आवि, शान्ति भैरब आवि र देउजागाऊँ आविलाई सूचना प्रविधिसँग सम्बन्धित सामग्रीअन्तर्गत कम्प्यूटर, प्रिंटर र युपिएस दिएको हो ।
सूचना प्रविधिको बढ्दो आवश्यकतालाई मध्यनजर गरी सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका पाँच विद्यालयलाई ती सामग्री प्रदान गरिएको नगर प्रमुख थापाले बताउनु भयो । कार्यक्रममा उपप्रमुख जुना बस्नेत र सामाजिक विकास शाखा प्रमुख किरण थापालगायतले विद्यालयका प्रधानाध्यापकले पनि सामाग्री हस्तान्रण शिक्षाको गुणस्तर बृद्धि हुने विश्वास गर्नु भयो ।