मदरल्याण्डलाई भक्तपुर कप फुटबलको उपाधि

भक्तपुर, १४ पुस । स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुललाई पछाडि पार्दै सूर्यविनायक–९ स्थित मदरल्याण्ड स्कुलले दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

भक्तपुर एफसी ११ र स्प्रिङडेल इगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा महेश्वरी खेल मैदानमा भएको खेलमा स्प्रिङडेल इंगलिश बोर्डिङ्ग स्कुल दोश्रो भएको छ ।

खेलमा मदरल्याण्डले स्प्रिङडेललाई शून्यका विरुद्ध एक गोल अन्तरले पछाडि पार्दै उपाधी हात पार्न सफल भएको हो । मदरल्याण्ड स्कुलले उपाधीसँगै दशहजार नगद र उप विजेता स्प्रिङडेलले पाँच हजार नगदसहित कप, मेडल एवं प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका प्रथम हुने मदरल्याण्ड, दोश्रो हुने स्प्रिङडेल सहित उत्कृष्ट हुन सफल टिमहरुलाई वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा मदरल्ल्याण्डका सुदिल थुयाजूले उत्कृष्ट खेलाडीको, सुनिल लामाले उत्कृष्ट किपरको र अतित तामाङले उत्कृष्ट रक्षकको उपाधि हात पार्न सफल भए भने स्प्रिङडेल स्कुलका आजाद प्रजापति म्यान अफ दी म्याच घोषित भए ।

भक्तपुरकै पुरोना क्लबको रुपमा रहेको आयोजक भक्तपुर एफसी ११ क्लबका का अध्यक्ष राम प्रजापतिले भक्तपुरमा फुटबल खेललाई अगाडि वढाउदै खेल र खेलाडीको विकासमा टेवा पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।