कोरोना संक्रमण भए पछि शिक्षा मन्त्री पौडेल आइसोलेसनमा
499
काठमाडौं, २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
रुघा र सामान्य खोकी लागे पनि मन्त्री पौडेलेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनी होम आइसोलेसनमा रहेको खड्काले बताए । मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबैजनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाब दिएका छन् ।
संक्रमण भएसँगै मन्त्रीको पूर्वनिर्धारित र दैनिक भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको छ ।





