आफ्नै विद्यार्थीलाई जबरजस्ती गर्ने शिक्षक पक्राउ

रामेछाप,
उनलाई आइतबार दिउँसो ४ बजे मन्थली नगरपालिका वडा–११, गेलु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । आरोपित शिक्षक गुप्तालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ ।
गेलुको एक विद्यालयमा स्थायी दरबन्दीमा कार्यरत गुप्ता सोही विद्यालयले उपलब्ध गराएको गेलुको साँवाडाँडा परिसरको आवासीय भवनमा बस्दै आएका थिए । प्रहरीका अनुसार गुप्ताले आइतबार बिहान ७ बजेतिर आफूले अध्यापन गराउँदै आएको विद्यालयकी एक छात्रालाई जबरजस्ती करणीको प्रयास गरेका थिए ।
आइतबार बिहानै विद्यालयको बाटो भएर बजारमा दुध बेच्न गएर फर्कदै गरेको समयमा गुप्ताले १५ वर्षीय ती बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको प्रहरीको भनाइ छ । गुप्ताले विज्ञान विषयको उत्तरपुस्तिका देखाउने बहानामा आफू बस्दै आएको कोठासम्म ती बालिकालाई पु¥याएको बताइन्छ ।
उत्तरपुस्तिका देखाउँदै गुप्ताले बालिकाको समवेदनशील अङ्गहरुमा छुने र चलाउने काम गर्न थालेपछि ती बालिकाले प्रतिकार गरेको तर पनि गुप्ताले नछोडेपछि बालिकाले बल प्रयोग गरेर घक्का दिएर त्यहाँबाट भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
आइतबार बिहान भएको सो घटनाबारे उनले परिवारको सदस्यहरु कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गुप्तालाई धक्का दिएर घटनास्थलबाट भागेकी ती बालिका सरासर घर पुगिन् र आफ्नो नियमित काममा लागिन् । उनी दिउँसो विद्यालय गइन् । विद्यालय पुगेपछि उनले बिहानको घटनाबारे आफ्नो साथीलाई सुनाइन् । उनकी साथीमार्फत् सो घटना बालिकाको घरसम्म पुग्यो । उनकी साथीले सबैभन्दा पहिले पीडित बालिकाको आमालाई घटनाबारे जानकारी गराइन् ।
घटनाबारे जानकारी प्राप्त भए लगत्तै उनी बालिकासहित जिल्ला प्रहरी कार्यालय रामेछाप पुगिन् र प्रहरीलाई घटनाबारे जानकारी गराइन् । बालिका र बालिकाको आमाको उजुरीका आधारमा गुप्तालाई गेलु बजारमा हिँड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेर पक्राउ गरेको हो ।गुप्ता उपर बाल यौन दुराचारको मुद्दा दायर गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।