मदरल्याण्डमा मोडर्ना खोप लगाइयो 

भक्तपुर, २६ पुस । मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुलाई आज कोभिड १९ विरुद्धको मोडर्ना खोप विद्यालयमा नै खोप केन्द्र राखी लगाइएको छ । नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १०२ जना छात्रा र १४४ जना छात्रहरुलाई स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजूको नेतृत्वमा मोडर्ना खोपको पहिलो मात्र लगाइएको सुर्यविनायक(९, नंखेलमा रहेको मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले जानकारी दिनुभयो ।

देशभरका बालबालिकाहरुको लागि सरकारले सहजै खोपको सुनिश्चित गर्नु पर्ने एवं कोभिडको कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको भविष्यमा नकारात्मक असर पर्नुका साथै देशको नै शिक्षाको स्तर खस्कने भएकाले यस तर्फ सरकार र सम्बन्धित सरोकारवालाहरुले ध्यान दिई पठनपाठनको कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो ।