गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्न चाँगुनारायण नगरपालिकामा आयोजित शिक्षकको पेशागत विकास सम्बन्धी पाँचदिने अतिरिक्त तालिम सम्पन्न

भक्तपुर, २० चैत । गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्ने उदेश्यले मार्च २१ बाट सुरु भई २५ मार्च सम्म सञ्चालन भएको पाँच दिने शिक्षकको पेशागत विकास सम्बन्धी अतिरिक्त तालिम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका सामुदायीक विद्यालयको कक्षा १ देखि ३ सम्मका बालबालिकाको गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्ने उदेश्यले भएको तालिमको चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोलाले सहभागिलाई प्रमाण पत्र प्रदान गर्दै सम्पन्न गरिएको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नु भएको जाइकाको आइमिन परियोजनाले सञ्चालन गरेको तालिममा चाँगुनारायणका ३४ वटा विद्यालयका गणित विषयका ३४ जना शिक्षक शिक्षिकालाई विद्यार्थीको सहभागिता रहेको थियो ।
कक्षामा कसरी सजिलो हुने गरि गणित अध्ययापन गराउने भन्नेबारेमा दुई चरणमा सहजकर्ताद्धारा सहजीकरण गरिएको आइमिन परियोजना भक्तपुर जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी भट्टराई (पाण्डे) ले बताउनु भयो ।
पाँच दिने तालिमको उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अहिलेसम्म शिक्षकले तालिम कक्षा कोठामा प्रयोग भएन भन्ने गुनासो आएको बताउदै त्यस्ता गुनासोलाई यो तालिमले समाधान गर्नु पर्ने बताउनु भयो । तालिममा सिकेका विषय बालबालिकाको सिकाईमा केन्द्रित हुनु पर्नेमा जोड दिदै उहाँले सुधारिएको शिक्षण सिकाई कक्षा कोठामा क्रियाशिल हुनुपर्ने बताउनु भयो ।
तालिमको समापन कार्यक्रममा नपाका उपप्रमुख बिना वास्तोलाले नगरपालिकाको तर्फबाट प्रभावकारी सिकाई सहजीकरण र सिकाई उपलब्धीको प्रबद्र्धनका सबै खाले सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले सुधारिएको सिकाई सहजीकरण अभ्यास चाँगुनारायणबाटै प्रभावकारी रुपमा शुरु गरौ भन्दै गणित विषयबाट बालबालिकालाई तर्सने प्रबृत्ति अब हट्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नपा शिक्षा शाखाका प्रमुख बीरबहादुर खड्का विद्यार्थीका लागि गणित विषय सजिलो र जीवनोपयोगी सीपका रुपमा सिक्ने वातावरण बन्नु पर्ने औल्याउनु भयो । आइमिन परियोजनाका केनिची तानाकाले प्रारम्भिक कक्षा १, २ र ३ का बालबालिकाहरुका लागि गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्दै सिकाई सुदिृढिकरणका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको व्यबस्था गरिएको बताउनु भयो ।
कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ भक्तपुरका विचारीप्रसाद अधिकारी, चाँगुनारायण नगरपालिका शिक्षा शाखाका दिनेश अर्याल, रोष्टर प्रशिक्षक कृष्ण कर्माचार्य, कृष्ण गोसाई, आइमिन परियोजनाका केनिची तानाका लगायतले तालिम र परियोजनाको महत्वमाथि प्रकाश पार्नु भयो ।
तालिममा सहभागि शिक्षकहरुले गणित विषय बालबालिकाले गाह्रो विषयको रुपमा लिने गरेपनि तालिमले गणित विषय शिक्षण गर्ने सरल र प्रभावकारी तरिका सिकाएकाले यसलाई अब विद्यालयमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । शिक्षकहरुले गणित विषयको पाठ अध्ययन गर्ने नयाँ तरिका सिकिएकाले अब विद्यालयमा गएर प्रधानाध्यापक, विद्यालय व्यबस्थापन समिति र अन्य सहपाठीहरुसँग अन्तरक्रिया गर्दै विद्यालय भित्रैका जनशक्ति परिचालन गरेर पाठ अध्ययन कार्यक्रमलाई कार्यान्वयनमा ल्याउर्दै ठूलो उपलब्धी हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
आइमिनले भक्तपुरका चार नगरपालिकाका सरोकारवाला व्यक्तिहरुलाई नगर शिक्षा योजना सम्बन्धि पाँच दिने तालिम दिएको, चाँगुनारायण नगरपालिका अन्तर्गतका ३४ जना प्रधानाध्यापकहरुलाई पाँच दिने क्षमता विकास सम्बन्धि तालिम, चाँगुनारायण नगरपालिका अन्तर्गतका ३४ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ मा पढ्ने विद्यार्थीहरुका लागि गणित विषय सम्बन्धि स्वाध्याय सामाग्री वितरण गरि प्रयोगमा ल्याएको, ३४ जना शिक्षकलाई पाँच दिने पेशागत विकास सम्बन्धि अतिरिक्त तालिम दिएको, विद्यालयका सरोकारवाला समूह विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरि रेडियो हिमालयनबाट शैक्षिक जिङ्गल प्रशारण गरेको छ ।
विद्यार्थीहरुको गणित विषयको आधारभूत दक्षता (ँयगलमबतष्यलब िःबतजझबतष्अक एचयाष्अष्भलअथ) हासिल गर्न अतिरिक्त कक्षा १ मा गणित विषय शिक्षण सम्बन्धी चाँगुनारायण नगरपालिका अन्तर्गतका ३४ वटा सामुदायीक विद्यालयका कक्षा १ का गणित विषयका ३४ जना शिक्षकलाई दुई चरणमा पाँचदिने तालिम सम्पन्न गरिएको छ ।