परीक्षा राम्रो बनाउन आवश्यक तयारीका चार उपाय
काठमाडौं, २० चैत । यति बेला नेपालमा परीक्षाको मौसम चलिरहेको छ । एकातिर विद्यालय तहका वार्षिक परीक्षाहरु सञ्चालन भैरहेका छन् भने केही दिनपछि नै एसईईको परीक्षा प्रारम्भ हुँदैछ
परीक्षाको मीति नजिकिएसंगै विद्यार्थीहरुलाई तनाव हुनु स्वभाविकै हो । यद्यपि, केही कुराहरुलाई ध्यानमा राखियो भने तपाईंको परीक्षामात्र उत्कृष्ट हुने होइन,तनावलाई पनि हटाउन सक्नु हुनेछ । परीक्षाको तयारीका लागि केही अनिवार्य तथा सहज उपायहरु यस्ता छन् :
सही टाइम टेबल
अध्ययनको सबैभन्दा राम्रो तरिका हो टाइम टेबल बनाउनु । टाइम टेबल बनाउने बेलामा नै तपाईंले कहिले, कति र के पढ्ने भन्ने कुरा निश्चित गर्नु अनिवार्य छ । तपाईंले चाहनु भयो भने हरेक आधा घण्टा अथवा एक घण्टामा १० देखि १५ मिनेटसम्म ब्रेक पनि लिन सक्नु हुनेछ । ब्रेकपछि पुन पढ्न बस्दा तपाईं अझ राम्ररी पढाइमा ध्यान केन्द्रित गर्न सक्नु हुँनेछ । एकै पटक धेरै भन्दा धेरै पढ्ने कोशिश गर्नु हुँदैन। पहिला कठिन विषयहरु अध्ययन गर्नु पर्छ । त्यसपछि मात्र सजिला विषयहरु पढ्ने टाइम टेबल बनाउनु पर्छ । बिस्तारै–बिस्तारै पढाईको घण्टालाई बढाउनु पर्छ, तर बीचमा ब्रेक भने लिनै पर्छ । यदि टाइम टेबलको हिसाबले पढाइ भयो भने सबै विषयमा बराबरी ध्यान दिन सक्नु हुनेछ ।
पर्याप्त निन्द्रँ
प्राँयः परीक्षा तथा पढाईको दवावका कारण बालबालिकादेखि किशोर–किशोरीसम्मका विद्यार्थीहरु प्रसस्त निदाउन सक्दैनन् । उनीहरु मध्य रातिसम्म बढिरहन्छन्, बिहान पनि पढाइका लागि छिट्टो उठ्छन् । जसका कारण उनीहरुको निन्द्रा पुरा हुन हुदैhhन । जसले उनीहरुको दिमाग सुस्त तथा त्यसको कार्य क्षमता समेत कम हुन्छ । दिमागले त्यसबेला मात्र सही तरिकाले काम गर्न सक्छ, जस त्यसले पर्याप्त आराम पाउँछ ।
मनोरञ्जन
विद्यार्थीहरुले केवल पढ्ने मात्र गरे भने उनीहरुको दिमाग बोझिलो हुन सक्छ । दिमागलाई रिफ्रेश अथवा ताजापन दिनका लागि समेत मनोरञ्जन अति नै अनिवार्य छ । दिमागलाई रिफ्रेश गर्नका लागि मनोरञ्जन अति नै अनिवार्य छ । मनोरञ्जनका लागि घरमा नै केही नयाँ तथा रमाइलो गतिविधिहरु गर्न सकिन्छ भने घर बाहिर साथीहरुसंग भेटघाट गरेर पनि आफ्नो मूडलाई रिफ्रेश गर्न सकिन्छ ।
शारीरिक व्यायाम
बिहानै उठेर हि“ड्नु होस् अथवा योगा गर्नु होस् । घरमा नै कुनै व्यायाम गरे पनि हुन्छ । मानसिक स्वास्थका लागि शरीरलाई चुस्त–दुरुस्त राख्नु अति नै अनिवार्य छ । त्यसले दिमागलाई सही मात्रामा अक्सिजन पु¥याउने काम गर्छ, रक्तसञ्चारलाई उत्कृष्ट बनाउँछ भने त्यसले तिब्र गतिमा काम पनि गर्छ ।
खानपिन
अधिकांश बालबालिकाहरु अध्ययनको क्रममा खानपिनमा खासै ध्यान दि“दैनन्, तर यही बेला हो उनीहरुलाई धेरै भन्दा धेरै पोषणको आवश्यकता पर्दछ । बालबालिकाहरुलाई हरियो साग–सब्जि, ड्राइ फ्ड्स, जूस, दूध आदि खानेकुराहरु दिइरहनु पर्छ । त्यस्तै एकै पटक धेरै खानेकुरा खानुभन्दा थोरै–थोरै गरेर खानु पर्छ । परीक्षाको क्रममा धेरै मसला, चिल्लो, पिरो तथा फास्ट फूड खानबाट जोगिनु पर्छ ।





