विद्यार्थीको विरोधपछि यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

काठमाडौं, १२ जेठ
विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले एक कलेज शिक्षकलाई पक्राउ गरेको छ । विद्यार्थीले गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन गरेपछि प्रहरीले काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरेको छ ।