सर्वनाम शिक्षालयको यौन दुर्व्यवहार घटना : प्रिन्सिपलसहित दुई शिक्षक पक्राउ

काठमाडौं, २२ जेठ । जोरपाटीस्थित सर्वनाम शिक्षालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा प्रिन्सिपलसहित थप दुई शिक्षक पनि पक्राउ परेका छन्। होस्टल वार्डेनका रुपमा खटिएका एक व्यक्तिलाई रामेछापबाट पक्राउ गरेको प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो।
गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।
सुरुमा होस्टलका वार्डेन रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई शनिबार दिउँसो रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो। उनलाई शनिबार राति साढे १० बजे रामेछापबाट काठमाडौं ल्याइएको थियो।