श्रीपद्य माविका विद्यार्थीद्धारा सरसफाई
338
भक्तपुर, २२ जेठ । सिथि नखःको अवसरमा आज श्रीपद्य माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा सरसफाई गरेको छ । विश्वस सरसफाई दिवस समेत रहेको यस दिन विद्यार्थी एवं शिक्षकहरुले विद्यालय र आसपासका क्षेत्रमा सरसफाई गरेको विद्यालयका प्रधानाध्यापक राम हाडाले जानकारी दिनु भयो । सरसफाई कार्यक्रमले पर्वको संरक्षणमा टेवा पुग्ने तथा विद्यार्थीहरुमा सरसफाई गर्ने भावना जाग्ने उहाँले बताउनु भयो ।









