बेलायती शैक्षिक मेला हुने

काठमाडौँ, २३ जेठ : अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायती विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने बताउनुभयो ।
निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि हुनुहुन्छ । वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई विश्वविद्यालयबारे जानकारी दिन संस्थाले यस्तो मेला गर्दै आएको छ ।