ख्वप कलेजमा दोश्रो राष्ट्रिय सम्मेलन सुरु
भक्तपुर, २९ जेठ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन मजबुद नहुँंदा देशको विकासले गति लिन नसकेको बताउनु भएको छ ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आजदेखि सुरु भएको आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले देश विकासमा आर्थिक व्यबस्थापन मजबुद हुन पर्ने बताउनु भयो ।
बिजुक्छँेले पञ्चवर्षीय विकास योजना सबै भन्दा पहिला रुसबाट सुरु भएको चर्चा गदै्र्र नेपालमा आफ्ना देशका बिज्ञहरुको बेवास्ता गर्दै विदेशीहरुको सल्लाह लिएर योजनाहरु बनाउदा देश बिकासमा अगाडि नबढेको आरोप लगाउनु भयो ।
उहाँले मोहीयान हक नदिइ कमैया मुक्त घोषणा गरेर जमिन्दारलाई मात्रै फाइदा पुगेको भन्दै उहाँले मुक्त भएपछि कमैयाहरुले खान समेत नपाएकाले उनीहरुलाई मोहियानी हकको व्यबस्था सरकारले गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कजेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, वाग्मति प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा.डा.धु्रबुकुमार गौतम, ख्वप इन्जिनियरिंङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वमाथि चर्चा गर्नु भयो ।
कार्यक्रममा आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा प्राबिधिक सेसन हुने र दोश्रो दिन चार वटा प्राबिधिक सेसन हुने बताउनु भयो । सम्मेलनमा ४० जना भन्दा वढी सहभागिले कार्यपत्र प्रस्तुत गरि छलफल गरिने बताउनु भयो ।





