शैलजा आचार्य स्मृति दिवसमा विद्यार्थीलाई छात्रवृत्ति

विराटनगर । कांग्रेस नेतृ शैलजा आचार्यको १३ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले आइतबार एक कार्यक्रम गरी स्मृति दिवस मनाएको हो । पोलिटेक्निक स्थापना गर्ने संस्थापक तथा कांग्रेस नेतृ कोइरालालाई हरेक वर्ष स्मरण गर्दै विविध कार्यक्रम आयोजना हुने गरेको छ ।

विराटनगरमा आइतबार आयोजित कार्यक्रममा प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानले हरेक वर्ष प्रदान गर्ने २५ हजार रुपैयाँ र पोलिटेक्निकले आचार्यको स्मृतिमा स्थापना गरेको छात्रवृत्ति कोषवाट १३ जना विद्यार्थीलाई नगद पाँच हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यको राजनैतिक र सामाजिक व्यक्तित्वको विषयमा चर्चा गरिएको थियो ।

नेता कोइरालाले भने, “आचार्य राजनीतिक मात्र नभएर एक असल सामाजिक सेवक पनि हुुनुहुन्थ्यो ।” पोलिटेक्निककी अध्यक्ष मीता आचार्यले हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको बताइन् ।