विद्यालयमा व्यबस्थापन समितिमा परियार

303
भक्तपुर, ८ असार । सुर्यबिनायक नगरपालिका वडा नं ७ गुण्डू स्थिति चन्द्रसुर्योदय आधारभूत बिद्यालयमा नयाँ व्यबस्थापन समिति गठन गरिएको छ । नगरपालिकाको नियमानुसार कार्यपालिका सदस्य सुमन परियारको नेतृत्वमा बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ गुण्डूका वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।
त्यस्तै विद्यालयको अभिभाक संंघको अध्यक्ष लक्ष्मण तामाङको चयन हुनुभएको छ । विद्यालयमा आज आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा वडाध्यक्ष सापकोटाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गुणस्तीय शिक्षाका लागि सधै ध्यान दिन निर्देशन दिनु भयो ।