एसईईको नतिजा यसरी हेर्न सकिन्छ 

भक्तपुर, ११ साउन : एसईईको परीक्षाको नतिजा हेर्नका लागि परीक्षार्थीले बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यबस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेभसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको हो ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, नीमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्नेछन् ।

यस पटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरेको छ । ग्रेडिङ सिस्टमले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अंक ल्याउनुपर्ने व्यवस्थालाई जोड दिएको हो ।