राष्ट्रपतिबाट मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

231
काठमाडौ, १८ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्। ।
संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको आफूकहाँ आएको विधेयकलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन्। ।
सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो । राष्ट्रिय सभाले साउन १० गते पारित गरेको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण गरेसँगै यो ऐनको रुपमा लागू भएको छ ।