बिश्वबिद्मालयका बिद्मार्थीहरुको गतिशीलताको लागी युरोपियन समुदायको कार्ययोजना “इरास्मसं” मा नेपालबाट ६० विद्यार्थी छनोट

काठमाडौं,२६ श्रावण ।
यस वर्ष करिब ६० नेपाली विद्यार्थीले बिश्वबिद्मालयका बिद्मार्थीहरुको गतिशीलताको लागी युरोपियन समुदायको कार्ययोजना “इरास्मसं” छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्न पाउने बताईएको छ । जुन गत वर्ष ४९ विद्यार्थीले छात्रवृत्ति पाएको तुलनामा २२.४ प्रतिशतले बढीरहेको छ । नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका अनुसार विद्यार्थीहरूलाई युरोपका केही उत्कृष्ट विश्वविद्यालयहरूमा स्नातकोत्तर गर्नका लागि २०२२ र २४ का लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । उक्त छात्रवृत्तिमा जीवन खर्च, यात्रा, र स्थापना लागत, साथै शिक्षण शुल्क सहित सबै खर्चहरू समावेश गरिएको बताईएको छ । नेपालका लागि ईयूका राजदूत एच.ई. नोना डेप्रेजले इरास्मस छात्रवृत्ति जित्ने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । राजदूतले नेपाल र ईयूबीचको विद्यार्थी आदानप्रदानले समान सरोकारका विषयमा आपसी समझदारी अभिवृद्धि गर्न ठूलो योगदान पुग्नेमा जोड दिनुभयो । इरास्मस छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्यामा नेपाल दक्षिण एसियाका २० देशमध्ये चौथो स्थानमा रहेको छ । आजसम्म, नेपालका ८०० भन्दा बढी विद्यार्थीहरू इरास्मस कार्यक्रमबाट लाभान्वित भएका छन्, जसले युरोपेलीहरूलाई छोटो अवधिको अध्ययनका लागि यात्रा गर्न र नेपालका विभिन्न विश्वविद्यालयहरूमा पढाउन सक्षम बनाउँदै आएको छ ।