विद्यालयको शिक्षामा सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन

काठमाडौँ, २ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । राजधानीमा शिक्षा समन्वय एकाइका प्रमुखहरूलाई आज प्रशिक्षण दिँदै उहाँले सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभएको हो ।

“स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण सङ्कलन गर्नुहोस्”, उहाँले भन्नुभयो, “विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।” मन्त्री पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवद्र्धनात्मक काम, अनौपचारिका, निरन्तर र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत आग्रह गर्नुभएको छ ।

शिक्षक सेवा आयोगको नियामवली संशोधनपश्चात आयोगले काम गरिरहेको जानकारी गराउँदै उहाँले आयोगबाट तोकिएबमोजिमका काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । विद्यालय समायोजनलागतयका काममा सक्रियतापूर्वक काम गर्न पनि मन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।