राज्यले नेविसंघलाई गुण्डागर्दी गर्न दियो :एमाले

काठमाडौं,१३ भाद्र ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई राज्यले नै संरक्षित गुण्डागर्दी गर्न छुट दिएको आरोप लगाइएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा नेविसंघले गुण्डागर्दी गर्दा पनि राज्य मौन देखिएको भन्दै आपत्ति समेत जनाउनुभयो । त्रिविमा देखिएको समस्या समाधान नगरे संसद् चल्न नदिने एमालेको चेतावनी छ । उहाँले त्रिविमा भएको आन्दोलनका विषयमा कुलपतिले जवाफ दिनुपर्ने माग गर्नुभयो ।
एमालेको मागपछि सभामुख अग्नि सापकोटाले विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो ।
लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या हुँदै आएको छ भने आइतबार नेविसंघ र अनेरास्ववियुबिच तालाबन्दीका विषयमा झडप समेत भएको थियो ।