विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च

काठमाडौं,१३ भाद्र ।
काठमाडौं महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो ।
संघीय सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको बैठकले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउन नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।