दीप वोडिङ्ग स्कुलमा शिक्षकबाट कुटिए विद्यार्थी, स्कुलद्धारा अभिभावकलाई धम्की

काठमाडौं, १५ भाद्र ।
बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकको कुटाइबाट घाइते विद्यार्थीका अभिभावकले घटना बाहिर ल्याएको आफूहरुलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
अभिभावकले मंगलबर रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशको कार्यालय पत्रकार सम्मेलन गर्दै ।स्कुलबाट ज्यान मार्ने धम्की आएको बताएका हुन ।
पत्रकार सम्मेलनमा पीडित विद्यार्थी जेनित रायमाझीले भने, ‘क्लास चलिरहेको वेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यतिमात्रै हो । त्यही निहुँमा मलाई सरले झर्केर बोलाउनु भयो । म सरकहाँ गएर भनें सर हाँसेकोमा गल्ती भयो माफी पाऊँ । तर, सरले किन हाँसेको, किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटक(पटक गरी मलाई हानिरहनुभयो । जुन कुटपिटले म घाइते बन्न पुगें । एकछिनसम्म कान बन्द, अचेतजस्तै भएँ । अहिले पनि म त्यही पिटाइले गर्दा वेला वेलामा झस्किरहन्छु ।’