वागीश्वरी कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भक्तपुर, १७ भदौ । वागीश्वरी कलेजमा स्नातक तह बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल तथा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । माछापुच्छ बैंक लिमिटेड भक्तपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम शाखा प्रमुख उज्वल श्रेष्ठको नेतृत्वमा भएको थियो ।

कार्यक्रममा डिजिटल बैङ्किङ कारोबार, डिम्याट खाता सञ्चालन, सेयर कारोबार, क्यूआर कोड सञ्चालन र वातावरण संरक्षणमा डिजिटलको भूमिकाबारे विद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए ।